राष्ट्रपतिमा दिसानायके विजयी

सेयर गर्नुहोस्

६ असोज ,काठमाडौं – श्रीलंकाको राष्ट्रपति निर्वाचनमा जित निकाल्दै  जनाथा विमुक्ति पेरामुना पार्टीका अनुरा कुमारा दिसानायकेले  इतिहास रचेका छन् ।शनिबार भएको निर्वाचनअनुसार जनाथा विमुक्ति पेरामुना पार्टीका अनुरा कुमारा दिसानायकेले ५३ प्रतिशत मतसहित जित निकालेका हुन् ।सन् २०२२ मा भएको आन्दोलनका कारण तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षेले देश छोडेपछि श्रीलंकामा शनिबार पहिलो पटक राष्ट्रपति निर्वाचन भएको थियो । यस निर्वाचनले केही वर्षदेखि तनावबीच गुज्रिएको श्रीलंकाले सत्ताको बागडोर कम्युनिस्ट नेतालाई दिएको हो ।

सन् २०१९ को चुनावमा उनै दिशानायकेले केबल तीन प्रतिशत मात्रै मत ल्याएर तेस्रो भएका थिए । तर ५ वर्षभित्रै उनले राजनीतिक उलटफेर ल्याउँदै श्रीलंकाको सत्तामा पुगेका हुन् ।राष्ट्रपतिमा विजयी दिसानायके कोलम्बो जिल्लाका सांसद हुन् । उनले राष्ट्रिय जनता शक्ति (नेशनल पिपुल्स पावर) र जनता विमुक्ति पेरमुना (जेवीपी) पार्टीको नेतृत्व गरेका छन् ।

उनले चुनावका क्रममा भ्रष्टाचार विरोधी उपाय र गरिबको भलाइमा ध्यान दिने बताएका थिए ।आफ्नो चुनाव प्रचारका क्रममा उनले नयाँ जनादेश हासिल गर्न ४५ दिनभित्र संसद् भंग गर्ने वाचा गरेका थिए । उनको नीतिले उनलाई श्रीलंकाको राजनीतिमा एक प्रमुख नेताका रुपमा स्थापित गरेको छ । उनले आफूलाई समाजका कमजोर वर्गको अधिकारको रक्षा र विकासप्रति प्रतिबद्ध नेताका रुपमा चिनाएका छन् ।दिसानायकेको जितले श्रीलंकाको राजनीतिक परिदृश्यमा एक नयाँ आशा सञ्चार गराएको छ । खासगरी देश आर्थिक संकटमा जुधिरहेका बेला दिसानायकको उदयले जनतामा पनि विश्वासको वातावरण बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *