छविलाई आज कास्की जिल्ला अदालतमा पेस गरिँदै

सेयर गर्नुहोस्

७ असोज काठमाडौं – सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व डीआईजी तथा गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीलाई आज कास्की जिल्ला अदालतमा पेस गरिँदै छ । जोशीलाई म्याद थपका लागि अदालतमा उपस्थित गराउन लागिएको हो ।

पोखराको सूर्यदर्शन सहकारीबाट गोर्खा मिडियामा ठूलो रकम ल्याएको संसदीय छानबिन समितिले प्रतिवेदन दिएपछि काठमाडौंको शंखमुलबाट आइतबार पक्राउ परेका जोशीलाई हिजो नै पोखरा पुर्‍याइएकाे थियो । जोशीविरुद्ध कास्की प्रहरीले अनुसन्धान गर्न पक्राउ गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *