ओखलढुंगाको पहिरे खोलामा बेलिब्रिज राखिने

सेयर गर्नुहोस्

७ असोज, काठमाडौं । ओखलढुंगाको पहिरे खोलामा बेलिब्रिज राखिने भएको छ । इलामको पुवा खोलामा रहेको बेलिब्रिज ओखलढुंगाको पहिरे खोलामा राखिने निर्णय भएको सांसद रामहरी खतिवडाले फेसबुक मार्फत जानकारी दिएका हुन् ।

उनले फेसबुकमा लेखेका छन्, “भौतिक पुर्वधार तथा यातायात मन्त्रालय, सडक बिभागबाट मिति २०८१ – ०६- ०६ गते च.न. १५३ को पत्र मार्फत मन्त्रीस्तरिय निर्णयनुसार ईलामको पुवा खोलामा रहेको बेलिब्रिज ओखलढुङगाको पहिरे खोलामा राख्न हस्तान्तरण भएको छ । उक्त्त वेलिब्रिज निर्माणको लागि रक्षा मन्त्रालयसँग आवश्यक समन्वय गरी सेनाको सहयोगमा जडान गर्न मा। रक्षा मन्त्री र सचिवसँग छलफल गरेको छु । पक्की पुल बन्न अझै समय लाग्ने भएकोले छिट्टै बेलिब्रिज जोडिने छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *