इजरायली आक्रमणमा, लेबनानमा ३५ बालबालिकासहित कम्तीमा चार सय ९२ जनाको मृत्यु

सेयर गर्नुहोस्

८ असोज,काठमाडौं‍-सोमबार भएको इजरायली आक्रमणमा लेबनानमा ३५ बालबालिकासहित कम्तीमा चार सय ९२ जनाको मृत्यु भएको छ ।हमास र अन्य प्यालेस्टिनी लडाकूहरूले हिजबुल्लाह र इरान समर्थित अन्य समूहलाई समावेश गर्दै इजरायलमाथि अक्टोबर ७ मा आक्रमण गरेपछि युद्ध सुरु भएको हो । 

इजरायलले दक्षिणी पूर्वी लेबनानका करिब एक हजार छ सय स्थानमा आक्रमण गर्दा ‘ठूलो सङ्ख्यामा’ हिजबुल्लाहका लडाकूहरू मारिएको बताएको छ । यसमा बेरुतमा ‘लक्षित आक्रमण’ पनि समावेश थियो । इजरायली सेनाले यसलाई ‘अपरेसन नर्दन एरो’ भनेको थियो । सरकारी सञ्चार माध्यमले पूर्वी लेबनानमा नयाँ आक्रमणहरूको खबर दिएपछि हिजबुल्लाहले मङ्गलबार बिहान इजरायली सैन्य ठेगानाहरूमा ‘मिसाइलहरूको वर्षा’ गरेको बतायो । इजरायलको तटीय सहर हाइफामा सोमबार हवाई आक्रमणको साइरन बज्दा मानिसहरूलाई आश्रयस्थलतर्फ दौडिरहेको देखिएको थियो । लेबनानको स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमणमा ३५ बालबालिका र ५८ महिलासहित चार सय ९२ जनाको मृत्यु भएको र एक हजार छ सय ४५ जना घाइते भएको जानकारी दिएको छ । स्वास्थ्यमन्त्री फिरास अबियादले ‘हजारौँ परिवार’ विस्थापित भएको बताए। पूर्वी लेबनानको प्राचीन सहर बाल्बेक नजिकै भएका विस्फोटहरूले आकाशमा धुवाँको मुस्लो उडाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *