दुर्गा प्रसाईको रिटमा सर्वोच्चले माग्यो कारण देखाउ आदेश

सेयर गर्नुहोस्

८ असोज, काठमाडौं –  दुर्गा  प्रसाईका  छोरा निराजन प्रसाईले सर्वोच्चमा सोमबार दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमा  सर्वोच्‍च अदालतले  कारण देखाउ आदेश जारी गरेको छ ।

दुर्गा प्रसाईंलाई छाड्न अस्वीकार गरेको छ। प्रसाईंका छोरा निराजनले सर्वोच्चमा सोमबार बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए। उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय र साइबर ब्युरोलाई विपक्षी बनाएर रिट दायर गरेका थिए।  उक्त रिट माथि सुनुवाई गर्दै  न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले मंगलबार उनलाई छाड्न अस्वीकार गरेको छ र १५ दिनभित्र विपक्षीका नाममा जबाफ पेस गर्न कारण देखाउ आदेश जारी गरेको हो।

मेडिकल व्यवसायी प्रसाईंलाई साइबर ब्युरोले विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार कसुर गरेको भन्दै आइतबार पक्राउ गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *