सुनको मुल्यमा नयाँ कीर्तिमान कायम

सेयर गर्नुहोस्

९ असोज,काठमाडौं‍-मंगलबारको तुलनामा बुधबार सुनको मूल्य सात सय र चाँदीमा ४० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।आज सुन तोलाको एक लाख ६० हजार चार सय रुपैयाँ पुगेको छ। यो अहिलेसम्मकै सबैभन्दा उच्च मूल्य हो।

यसअघि मंगलबार सुन तोलाको एक लाख ५९ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै आज चाँदी तोलामा ४० रुपैयाँले बढ्दै एक हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *