अङ्कित अधिकतम मूल्यभन्दा बढी मूल्यमा बिक्री वितरण नगर्न महानगरको सुचना

सेयर गर्नुहोस्

९ असोज,काठमाडौं-   काठमाडौं महानगरपालिकाले नगरभित्रका खुद्रा तथा थोक बिक्रेतालाई ४ बुँदे सूचना जारी गरेको छ।

काठमाडौं महानगरका मेयर बालेन शाहले खुद्रा तथा थोक बिक्रेतालाई मूल्य सूची बनाएर पसलको अग्रभागमा सबैले देख्ने गरी राख्न सूचित गरेका छन्।त्यस्तै अङ्कित अधिकतम मूल्यभन्दा बढी मूल्यमा बिक्री वितरण नगर्ने सुनिश्चित गर्न पनि भनेका छन्।

उपभोग गर्ने अवधि बाँकी भएको मालसामान मात्र बिक्री वितरण गर्न र खाद्य, पेय तथा अन्य वस्तुको गुणस्तर, शुद्धता र स्वच्छता कायम गर्न पनि निर्देशन दिएका छन् ।उजुरी परेमा वा गुनासो प्राप्त भएमा यस कार्यालयबाट खटिने अनुगमन टोलीका सदस्य वा कार्यालयबाट प्रचलित कानुनबमोजिम कारबाही गरिने जानकारी दिइएको छ।सबै उपभोक्ताहरूलाई अवस्था जाँचेर मात्र सामान, वस्तु तथा सेवा खरिद गर्न आग्रह गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *