९ असोज,काठमाडाैँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी प्रकरणमा कान्तिपुर दैनिकले आफूविरुद्ध लेखेको समाचार गलत रहेकाेले यसकाे खण्डन गर्न सरकारलाई आग्रह गरेका छन्। समाचारकाे बारेमा सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले सहकारी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीले दिएकाे बयान भन्दै कान्तिपुरले ‘गलत’ समाचार प्रकाशन गरेको भन्दै आपत्ति प्रकट गरेका हुन्।
लामिछानेले सामजिक सन्जालमा लेखेका छन”हिजो राती दिएको बयान हिजै कान्तिपुरले पाइसकेछ। आजै छापीपनि सकेछ। बयान पनि कस्तो ठ्याक्कै कान्तिपुरलाई चाहिएको जस्तै फेरि? संसदीय समितिमा छविलाल जोशीका बयानको मसि सुकेको छैन। महिना दिन अघिका ताजा बयान लिखित रुपमा सार्वजनिक छन्। कान्तिपुरको नियत बारे त मैले फेरि भनिराख्नु परेन। गलत लेख्ने फेरि माफी माग्ने, फेरि अफवाह लेख्ने , फेरि माफी माग्ने।मलाई कसरी फसाउन सकिन्छ भनेर रचिदै गरेको षड्यन्त्र बारे कान्तिपुरले आज Question Out गरेछ, सुचना चुहाएर हाम्रो आशंकालाई सहि सावित गराएछ। जसरी खोया काण्डमा पहिले नै समाचार लेखियो र पछि माफी पनि मागियो। सहकारी ठगीमा संलग्न नभएको मान्छे सहकारी ठगीमा प्रतिवादी कसरी हुन्छ? पत्रीकाको First पेज देखि Last पेज सम्म रवि रवि रवि लेखेर हुने हो र? यस्तो घिन लाग्दो मिडिया ट्रायल कान्तिपुरले गर्नु नौलो कुरा होइन। एउटै समाचारले मान्छेको करियर सक्काउन सक्छु भन्ने घमण्डले चुर कान्तिपुरले आफ्नो पुरै शक्ति र सम्पत्ति मेरा विरुद्ध लगाउछु भनेको जानकारी मलाई छ।न्याय र सत्य पनि किन्छु भन्दा आज कहाँ पुग्यो कान्तिपुर। इतिहासमा लोकतन्त्रको पक्षमा सबैभन्दा धेरै लेख्ने मिडिया कान्तिपुर भन्थे तर आजको मितिमा सबै भन्दा बढि अफवाह फैलाउने र माफी माग्ने मिडिया कान्तिपुर प्रमाणित भएको छ। उसले लाज पचाएर माफि नमागेका समाचार त कति छ्न् कति। म त सामान्य संचारकर्मी बाट देशको उपप्रधानमन्त्री मन्त्री र २१ सांसद सहित चैथो दलको नेता सम्म भैसकें। एउटा आम मान्छेका लागि यो आफैमा गौरव हो। म यहि मोडमा हारें भनेपनि त्यति तल झर्दिन जति तल आज त्यत्रो गौरव बोकेको कान्तिपुर झरिसक्यो। मेरो लडाइ त बाँकी छ, तर त्यो कान्तिपुर सँगै होइन।