मन्त्री भण्डारीको एक्सनले स्वाट्टै घट्यो बजारमुल्य, उपभोक्तालाई सहजता

सेयर गर्नुहोस्

१० असोज, काठ्माण्डौँ । पछिल्लो समय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले आपूर्ति क्षेत्रमा चालेका कदमको कारण दैनिक उपभोग्य सामग्रीहरुको बजार मुल्य घटेको छ । नितिगत रुपमा बजार हस्तक्षेप, नियमीत अनुगमन तथा सुपथ मुल्यका पसलहरु सञ्चालन गरेपछि बजार मुल्य घट्नुका साथै कालोबजारी नियन्त्रणमा आएको छ । अहिले बजारमा चिनिमा प्रतिकेजी १५ रुपयाँ र खानेतेलमा प्रतिलिटर १० रुपयाँ घटेको पाइएको छ । यसका साथै नून, दाल, पिठो, मैदाको पनि मुल्य घटेको छ । सरकारको स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड द्वारा सञ्चालित सुपथ मुल्यका पसलहरुबाट सस्तोमा गुणस्तरीय उपभोग्य बस्तुहरु उपलब्ध भैरहेका छन् । चाडपर्वको समयमा उपभोग्य बस्तुहरुको मुल्य घटेपछि उपभोक्तालाई सहज भएको छ । खाद्य तथा साल्टले सञ्चालन गरेका पसलहरुमा उपभोग्य सामग्रीको प्रयाप्तता रहेको छ ।

अहिले मन्त्री भण्डारीको निर्देशनमा तिव्र रुपमा बजार अनुगमन भैरहेको छ । ७ असोजमा ३५ रुपयाँ पर्ने बोतलको पानी १सय रुपयाँमा बिक्रि गरेको पाइएपछि काठ्माण्डौँ स्थीत जिम्बु रेष्टुरेण्टलाई कारवाहि गरि ३ लाख रुपयाँ जरिवाना अशुल गरिएको थियो । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एम।आर।पी। भन्दा बढि मुल्यमा सामान बिक्रि भएको पाइएमा तुरुन्त खबर गर्न सुचना जारि गरेको छ ।
मन्त्री भण्डारीले १सय दिनकालागि तयार गरेको कार्ययोजनामा ४हजार ३सय बढी पटक बजार अनुगमन गर्ने, अनुगमन पुर्व सूचना बाहिरिने प्रवृत्ति हटाउने लगायतका कुराहरु उल्लेख गरेकाछन् ।

नियमित रुपमा भइरहेको बजार अनुगमनका कारण म्याद गुजे्रका सामानहरु विक्रि वितरणमा कमि आएको छ । मन्त्री भण्डारीले राजमार्ग क्षेत्रका होटलमा गुणस्तरहिन खानेकुरा विक्रि हुने गरेकाले अनुगमन बढाउन निर्देशन दिएकाछन् । प्रधानमन्त्री केपी शर्मा ओलीले उपभोक्ता मारमा पर्ने कुरामा सरकार गम्भीरढंगले लाग्ने बताएका थिए । उनले व्यापारिक क्षेत्रको बदमासी र अनियमीतता रोक्नुपर्ने बताएका थिए । सोहि अनुरुप उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री भण्डारीले कालोबजारीका कारण उपभोक्ता मारमा पर्ने स्थीति हटाउन निगितग सुधार गर्दै आएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *