माल्दिभ्सद्वारा पोस्ट ग्र्याजुएट मेडिकल शिक्षा दिन नेपालसँग प्रस्ताव

सेयर गर्नुहोस्

९असोज,काठमाडौं –माल्दिभ्सले आफ्ना नागरिकलाई पोस्ट ग्र्याजुएट मेडिकल शिक्षा दिन नेपालसँग प्रस्ताव गरेको छ ।

इन्डोनेसियाको राजधानी जकार्तामा आयोजित एसिया प्यासिफिक क्षेत्रका स्वास्थ्य तथा वातावरण क्षेत्रका मन्त्रीहरुको १२ औं उच्चस्तरीय बैठकपछि नेपालका स्वास्थ्यमन्त्री प्रदीप पौडेलले र माल्दिभ्सका समकक्षी अब्दुल्लाह खलीलसँग भेट गरेका थिए ।माल्दिभ्सका मन्त्री खलीलले नेपालका नागरिकले माल्दिभ्सको स्वास्थ्य क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै त्यहाँका मेडिकल अन्डरग्रयाजुएटलाई पोस्ट ग्रयाजुएट शैक्षिक कार्यक्रम नेपालमा सञ्चालन गर्न प्रस्ताव गरे । विगतमा माल्दिभ्सका नागरिक नेपालमा मेडिकल शिक्षा अध्ययन गर्दै आएका थिए ।जवाफमा मन्त्री पौडेलले यसबारे आवश्यक तयारीपछि थप प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *