धादिङ बस दुर्घटनाका घाइते भेट्न गृहमन्त्री ओमप्रकाश अर्याल अस्पतालमा

धादिङ बस दुर्घटनाका घाइते भेट्न गृहमन्त्री ओमप्रकाश अर्याल  अस्पतालमा
46

फागुन, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल धादिङ बस दुर्घटनाका घाइते भेट्न अस्पताल पुगेका छन् । गृहमन्त्री अर्याल सोमबार दिउँसो कलंकीस्थित नेपाल नेशनल अस्पताल र ट्रमा सेन्टरमा उपचाररत घाइते भेट्न पुगेका हुन् । गएराति करिब १ बजे धादिङको बेनिघाट रोराङ्ग गाउँपालिका–५ भैंसिगौडास्थित त्रिशूली नदीमा पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग २ ख १४२१ नम्बरको यात्रुबाहक बस दुर्घटना भएको थियो ।

दुर्घटनामा परी १९ जनाको मृत्यु भएको थियो, भने २५ जना घाइते भएका थिए । घाइतेहरूको उद्धार गरेर अहिले कलंकीस्थित नेपाल नेसनल अस्पताल, ट्रमा सेन्टर र धादिङस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

Related Post