दाङमा रविलाई कुरिरहेका रास्वपा कार्यकर्ताले एमालेको झण्डा जलाए

दाङमा रविलाई कुरिरहेका रास्वपा कार्यकर्ताले एमालेको झण्डा जलाए
47

काठमाडौं ।  । दाङको तुलसीपुरमा रास्वपा कार्यकर्ताले नेकपा एमालेको झण्डा जलाइदिएका छन् । तुलसीपुर एमाले महासचिव शंकर पोखरेलको गृहनगर हो । बिहीबार राति पार्टी सभापति रवि लामिछानेको स्वागतका लागि बसेका कार्यकर्ताले एमालेको चुनाव चिन्ह ‘सूर्य’ अंकित झण्डा जलाइदिएको भिडिओसमेत बाहिरिएको छ । उनीहरूले ‘केपी ‘, देश छोड’ भन्दै नाराबाजी गर्दै झण्डा जलाएको भिडिओमा देखिन्छ । सुर्खेतबाट राति लामिछाने तुलसीपुर हुँदै घोराही आइपुगेका छन् ।

यता एमाले केन्द्रीय सदस्य शान्ता चौधरीले सामाजिक सञ्जालबाट रास्वपाका कार्यकर्ताको यस कार्यको विरोध गरेकी छन् ।
‘यो भन्दा अराजकता के हुनसक्छ रु चुनाव प्रचार गर्न पाइन्छ, तर अर्को पार्टीको झण्डा जलाउन पाइँदैन, यो अराजकताको परकाष्टा हो, समयमै चेत खुलोस्’ उनले लेखेकी छन् ।

Related Post