भुपेन्द्र शाह नेकपा केन्द्रीय सदस्यमा नियुक्त

13 January, 2026 672 Views
भुपेन्द्र शाह नेकपा केन्द्रीय सदस्यमा नियुक्त
672

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले भुपेन्द्र शाहलाई पार्टीको केन्द्रीय सदस्यमा नियुक्त गरेको छ। शाह समाजवादी निकट अनेरास्ववियूका उपाध्यक्षसमेत हुन्। पार्टी संगठन मजबुत बनाउने उद्देश्यसहित उनलाई नेपाली कम्युनिष्ट पार्टीको केन्द्रिय सदस्यमा नियुक्त गरिएको छ । 
उनी लामो समयदेखि विद्यार्थी आन्दोलन र संगठन निर्माणमा सक्रिय रहँदै आएका नेता हुन्। संगठनभित्र उनको सक्रिय भूमिका र योगदानलाई मूल्याङ्कन गर्दै पार्टीले केन्द्रीय जिम्मेवारी दिएको बताइएको छ।

कैलाली जिल्लाको जानकी गाउँपालिका वडा नम्बर ९ निवासी शाह युवामाझ लोकप्रिय नेता छन्। स्थानीय स्तरदेखि केन्द्रसम्म पार्टी गतिविधिमा सक्रिय रहँदै आएका उनी पार्टीलाई थप सशक्त र जनमुखी बनाउन उनले महत्वपुर्ण भुमिका निर्बाह गर्ने आम नेता कार्यकर्ताहरुले बिश्वास लिएका छन्।

Related Post