प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ सम्बन्धी पूर्वनिर्वाचन पर्यवेक्षण कार्यक्रम सम्पन्न

01 March, 2026 62 Views
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ सम्बन्धी पूर्वनिर्वाचन पर्यवेक्षण कार्यक्रम सम्पन्न
62

फागुन, काठमाडौँ । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई लक्षित गर्दै आयोजित पूर्वनिर्वाचन पर्यवेक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। निर्वाचनको तयारी, सुरक्षा व्यवस्था तथा आचारसंहिता कार्यान्वयनको अवस्थाबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो।

कार्यक्रममा राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नेपाल (NEOC), गैरसरकारी संस्था महासंघ नेपाल, आम निर्वाचन पर्यवेक्षण समिति नेपाल (GEOC) र निर्वाचन पर्यवेक्षण समिति नेपाल (EOC Nepal) लगायतका संस्थाहरूको सहभागिता रहेको थियो। सहभागीहरूले निर्वाचन आयोगले आवश्यक तयारी पूरा गरेको, सुरक्षा निकायहरूले समन्वयात्मक रूपमा कार्य गरिरहेको तथा आवश्यक जनशक्ति र सामग्री व्यवस्थापन सम्पन्न भएको जानकारी दिएका छन्।

कार्यक्रममा बोल्दै वक्ताहरूले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउन सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिएका थिए। सामाजिक सञ्जालमार्फत फैलिने भ्रामक सूचना, घृणात्मक अभिव्यक्ति तथा निर्वाचन आचारसंहिताको उल्लंघनका घटनाप्रति सचेत रहन आग्रह गरिएको थियो। यस्ता गतिविधि नियन्त्रणका लागि सम्बन्धित निकायले प्रभावकारी निगरानी र समन्वय बढाउनुपर्ने आवश्यकता औंल्याइएको छ।

कार्यक्रमका सहभागीहरूले लोकतान्त्रिक मूल्य र मान्यतालाई सुदृढ बनाउन नागरिक, राजनीतिक दल, उम्मेदवार तथा सञ्चारमाध्यम सबैको सहकार्य आवश्यक रहेको बताएका छन्। निर्वाचनलाई शान्तिपूर्ण, व्यवस्थित र विश्वसनीय बनाउन सबै पक्षबाट सकारात्मक भूमिका निर्वाह हुने विश्वास व्यक्त गरिएको छ।

Related Post