महाराष्ट्रका उपमुख्यमन्त्रीको विमान दुर्घटनामा निधन

28 January, 2026 38 Views
महाराष्ट्रका उपमुख्यमन्त्रीको विमान दुर्घटनामा निधन
38

माघ, काठमाडौं । भारतको महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको विमान दुर्घटनामा मृत्यु भएको छ । महाराष्ट्रको बारामती विमानस्थलमा अवतरण गर्ने क्रममा विमान रनवेबाट चिप्लिएर दुर्घटना हुँदा उनको मृत्यु भएको हो । हिन्दुस्तान टाइम्सका अनुसार पवारका सहयोगीले उनको मृत्यु पुष्टि गरेका छन् । दुर्घटनाको समयमा विमानमा पाँच जना यात्री सवार थिए ।

नेशनलिस्ट कांग्रेस पार्टीका नेता अजित पवारसँगै विदिप जाधव, पिंकी माली, सुमित कपुर र शम्भवी पाठक पनि विमानमा सवार थिए । पवारका निकट सहयोगी किरण गुजरले उपमुख्यमन्त्रीसहित ६ जनाको शव अस्पतालमा ल्याइएको बताएका छन् । 

Related Post