नेपाल जेसीजद्वारा सौराहामा २०२६ लोम लिडर्स एकेडेमी सम्पन्न

18 February, 2026 157 Views
नेपाल जेसीजद्वारा सौराहामा  २०२६ लोम लिडर्स एकेडेमी सम्पन्न
157

फागुन, चितवन ।  नेपाल जेसीजको आयोजनामा २०२६ लोम लिडर्स एकेडेमी कार्यक्रम फागुन १ र २ गते सौराहा, चितवनमा सम्पन्न भएको छ। देशभरका जेसिज शाखाका अध्यक्ष, महासचिव तथा कोषाध्यक्षहरूको उल्लेखनीय सहभागितासहित कार्यक्रम आयोजना गरिएको हो।

नेपाल जेसीज वर्ष २०२६ लाई सफल, प्रभावकारी र उपलब्धिमूलक बनाउने उद्देश्यसहित आयोजना गरिएको एकेडेमी विशेषगरी शाखा नेतृत्वकर्ताहरूको क्षमता अभिवृद्धिमा केन्द्रित थियो। “एकताको संकल्प, रूपान्तरणको यात्रा” अभियानअन्तर्गत स्थानीय शाखाहरूका वार्षिक कार्यक्रममार्फत समाजमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ।

दुई दिनसम्म सञ्चालन भएको एकेडेमीमा नेतृत्व क्षमता विकास, प्रभावकारी संगठन व्यवस्थापन, रणनीतिक योजना निर्माण, टोली समन्वय तथा जिम्मेवारी बहनसम्बन्धी विषयमा मुख्य तालिम प्रदान गरिएको थियो। यसक्रममा विभिन्न प्रस्तुति, समूह छलफल तथा अन्तरक्रियात्मक सत्रहरू सञ्चालन गरिएका थिए।

सहभागीहरूले सिकेका ज्ञान र सीपलाई आफ्ना शाखामा व्यवहारमा उतार्दै संगठनलाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। शाखा अध्यक्ष, महासचिव तथा कोषाध्यक्षहरूको क्षमता विकास तथा वार्षिक कार्ययोजनाको प्रभावकारी कार्यान्वयनका विषयमा समेत विस्तृत छलफल गरिएको थियो। कार्यक्रम बाग्मति प्रदेश पुर्ब स्वास्थ्य मन्त्री माननिय उत्तम जोशी प्रमुख अतिथि तथा  जिबन बहादुर कार्कीको सभाध्यक्षतामा सम्पन्न भएको थियो। उनिहरुले  नेतृत्व विकास नै संगठन सुदृढीकरणको आधार भएको उल्लेख गर्दै जेसिज अभियन्ताहरूलाई सकारात्मक सोच, अनुशासन र उत्तरदायित्वसहित समाज रूपान्तरणमा सक्रिय हुन आग्रह गरेका थिए।

आयोजकका अनुसार ‘लोम लिडर्स एकेडेमी २०२६’ ले देशभरका शाखा नेतृत्वबीच अनुभव आदान–प्रदान, सहकार्य तथा सञ्जाल विस्तारमा महत्वपूर्ण टेवा पुर्‍याएको छ। साथै, नेपाल जेसीजप्रति नेतृत्वकर्ताहरूले निरन्तर देखाउँदै आएको क्रियाशीलता, प्रतिबद्धता र नेतृत्वप्रति आयोजकले हार्दिक धन्यवाद व्यक्त गरेको छ।

 

Related Post