डेब्यू म्याचमा पहिलो बलमै शेर मल्ललाई विकेट

डेब्यू म्याचमा पहिलो बलमै शेर मल्ललाई विकेट
38

माघ, काठमाडौं । शेर मल्लले डेब्यू बलमै विकेट लिएका छन् । राष्ट्रिय टिमबाट डेब्यू गरेका मल्लले आइतबार इङ्ग्ल्याण्डका फिल शाल्टलाई आउट पारेका हुन् ।

आईसीसी टी-२० विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा अहिले भारतको मुम्बईस्थित वानखेडे रङ्गशालामा नेपालले इङ्ग्ल्याण्डको सामना गरिरहेको छ । आजैको खेलबाट उनले राष्ट्रिय टिममा डेब्यू गरेका हुन् । अन्तर्राष्ट्रिय करिअरको आफ्नो पहिलो बलमा उनले शाल्टलाई सन्दीप लामिछानेको हातबाट क्याच आउट गराए । नेपालको प्लेइङ ११ मा कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकेश बम, गुल्शन झा, करण केसी, शेर मल्ल, नन्दन यादव र सन्दीप लामिछाने छन् ।

त्यस्तै इंग्ल्यान्डको प्लेइङ ११ मा फिल साल्ट, जस बट्लर, ज्याकब बेथेल, टम ब्यान्टन, ह्यारी ब्रुक, विल ज्याक्स, साम करान, लियाम डसन, आदिल राशिद, जोफ्रा आर्चर र लुक वूड छन् । विश्वकपमा नेपाल समूह ‘सी’ मा परेको छ । नेपालको समूहमा इङ्ल्यान्डसँगै वेस्ट इण्डिज, इटाली र स्कटल्यान्ड छन् ।

Related Post