जलवायु नीति र रणनीतिमा बालअधिकार समेट्ने विषयमा राष्ट्रिय संवाद सम्पन्न

12 March, 2026 63 Views
जलवायु नीति र रणनीतिमा बालअधिकार समेट्ने विषयमा राष्ट्रिय संवाद सम्पन्न
63

फागुन, काठमाडौं ।  hnjfo' kl/jt{g / jftfj/0fLo gLltx?df afnclwsf/nfO{ k|fyfldstfdf /fVb} cfof]lht National Dialogue on National Climate Policies and Strategies, including General Comment No = 26 zLif{ssf] /fli6|o ;+jfb sfo{s|d a'waf/ sf7df8f}df ;DkGg ePsf] 5 . 

 काठमाडौँको गौशालास्थित  होटल क्रिस्टल पशुपतिमा आयोजित कार्यक्रममा जलवायु परिवर्तनका कारण बालबालिकाको जीवन, स्वास्थ्य, शिक्ष्क्षाा तथा भविष्यमा पर्ने प्रभावबारे विस्तृत छलफल गरिएको थियो। साथै जलवायु परिवर्तनसँग सम्बन्धित राष्ट्रिय नीति तथा रणनीतिहरूमा बालबालिकाको अधिकारलाई कसरी समेट्ने भन्ने विषयमा सरोकारवालाबीच महत्वपूर्ण संवाद भएको थियो। कार्यक्रममा बिभिन्न सामाजिक क्षेत्रमा कार्यरत ब्यक्तिहरु र बालबालिका तथा उच्च पदस्थाका ब्यक्तिहरुसमेतको उपस्थिति रहेको थियो । 

कार्यक्रममा प्रमुख अतिथिका रूपमा वन तथा वातावरण मन्त्री माधव प्रसाद चौलागाँई सहभागी थिए । कार्यक्रममा बोल्दै मन्त्री चौलागाईंले जलवायु परिवर्तन आज विश्वकै साझा चुनौती बनेको उल्लेख गर्दै यसको असरबाट बालबालिका सबैभन्दा बढी प्रभावित हुने भएकाले उनीहरूको अधिकार संरक्षणमा राज्यले विशेष ध्यान दिनुपर्ने बताए। उनले दिगो वातावरण निर्माणका लागि प्रभावकारी नीति निर्माण, कार्यक्रम कार्यान्वयन तथा जनचेतना अभिवृद्धिमा सरकार प्रतिबद्ध रहेको पनि स्पष्ट पारेका थिए।

त्यसैगरी कार्यक्रममा राष्ट्रिय बाल अधिकार परिषदका उपाध्यक्ष बाम बनियाँले जलवायु परिवर्तन र वातावरणीय क्षतिले बालअधिकारमा प्रत्यक्ष प्रभाव पारिरहेको उल्लेख गर्दै बालमैत्री वातावरण निर्माणका लागि राज्य, समुदाय तथा विभिन्न संघ–संस्थाबीच सहकार्य आवश्यक रहेको धारणा राखेका थिए। कार्यक्रमको अध्यक्षता युवालयका कोषाध्यक्ष कृष्ण तामाङले गरेका थिए । कार्यक्रममा विभिन्न सरकारी निकायका प्रतिनिधि, बालअधिकारकर्मी, युवा अभियन्ता  तथा नागरिक समाजका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

संवाद कार्यक्रममा विशेषगरी संयुक्त राष्ट्रसंघको बालअधिकारसम्बन्धी महासन्धिअन्तर्गत हालै जारी गरिएको General Comment No =26    का सन्दर्भमा पनि विस्तृत छलफल गरिएको थियो। यस सामान्य टिप्पणीले जलवायु परिवर्तन तथा वातावरणीय संकटका सन्दर्भमा बालबालिकाको अधिकार संरक्षणका लागि राज्यले अपनाउनुपर्ने नीतिगत तथा कानुनी उपायहरूको स्पष्ट व्याख्या गरेको बताइएको छ। छलफलका क्रममा वातावरणीय क्षति संसारभर बालअधिकारका लागि गम्भीर चुनौती बन्दै गएको उल्लेख गर्दै सहभागीहरूले सफा, स्वस्थ र दिगो वातावरण प्रत्येक बालबालिकाको मौलिक अधिकार भएकोमा जोड दिएका थिए। उनीहरूले जलवायु परिवर्तनका कारण बालबालिकाको स्वास्थ्य, पोषण, शिक्षा, सुरक्षा तथा समग्र विकासमा नकारात्मक प्रभाव पर्न सक्ने भएकाले समयमै प्रभावकारी कदम चाल्नुपर्ने धारणा व्यक्त गरेका थिए।

कार्यक्रममा बालबालिकाले वातावरणीय न्याय तथा आफ्ना अधिकारको संरक्षणका लागि विश्वभर आवाज उठाइरहेको सन्दर्भ पनि प्रस्तुत गरिएको थियो।  संवाद कार्यक्रममा राष्ट्रिय जलवायु नीति तथा रणनीतिहरूमा बालअधिकारलाई थप प्रभावकारी रूपमा समावेश गर्नुपर्ने, जलवायु परिवर्तनसम्बन्धी कार्यक्रमहरूमा बालबालिका तथा युवाको सहभागिता सुनिश्चित गर्नुपर्ने तथा स्थानीयदेखि राष्ट्रिय तहसम्म बालमैत्री वातावरणीय नीति निर्माण गर्नुपर्ने विषयमा महत्वपूर्ण सुझावहरू प्रस्तुत गरिएको थियो।

उक्त कार्यक्रम वन तथा वातावरण मन्त्रालय, सिवीन  नेपाल, युवालय तथा विभिन्न युवा र बालअधिकारसम्बन्धी संस्थाहरूको सहकार्यमा आयोजना गरिएको हो। संवाद कार्यक्रममा सहभागीहरूले जलवायु परिवर्तनको चुनौती सामना गर्न सरकार, नागरिक समाज, युवा तथा बालबालिकाबीच सहकार्य र साझा प्रयास अपरिहार्य रहेको निष्कर्ष निकालेका थिए। साथै भविष्यका पुस्ताको अधिकार सुरक्षित गर्न अहिले नै दिगो तथा प्रभावकारी वातावरणीय नीति र कार्यक्रम कार्यान्वयन गर्न आवश्यक रहेकोमा सबैले जोड दिएका थिए।

Related Post