छाता ओढेर विरोध गर्दै नेपाल बार

सेयर गर्नुहोस्

११ असोज,काठमाडौं-हाल सर्वोच्चमा ४ न्यायाधीशको पद रिक्त छ जसको परिपूर्तिका  लागि बिहिबार बिहान १० बजे देखि  बैठक बसिरहेको  छ।

न्याय परिषद्मा संघीय कानुन तथा न्याय मन्त्री, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश, राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा नियुक्त गरेको एक जना कानूनविद, नेपाल बार एसोसिएशनको सिफारिसमा राष्ट्रपतिद्वारा नियुक्त कम्तीमा बीस वर्षकोअनुभव प्राप्त वरिष्ठ अधिवक्ता वा अधिवक्ता एक जना गरी चार जना सदस्य रहने व्यवस्था छ।

यता, न्यायाधीश नियुक्त गर्न न्याय परिषद बैठक बसिरहेका बेला  नेपाल बारले भने पानीमा पनि छाता ओढेर विरोध गरिरहेको छ। बारले संशोधित न्याय परिषद् नियमावली सच्याएर मात्रै न्यायाधीश नियुक्त गर्न माग गर्दै आएको छ। तर, परिषद्का अध्यक्षसमेत रहेका प्रधानन्यायाधीश त्यसका लागि तयार छैनन्।

आफ्नो माग सम्बोधनका लागि बारका पदाधिकारीहरूले आज पनि न्याय परिषद्‍को सचिवालयको ढोकाअघि बसेर विरोध गरिरहेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *