सप्तकोशी ब्यारेजमा पानीको बहाव घट्दै

सेयर गर्नुहोस्

१३ असोज,काठमाडौं-वर्षा रोकिएपछि सप्तकोशी ब्यारेजमा पानीको बहाव निरन्तर घटन थालेको छ ।शनिबार बिहान ६ बजे ६ लाख ६१ हजार २ सय ९५ क्युसेक पानीको बहाव मापन गरिएको थियो भने आइतबार बिहान ९ बजेको मापनअनुसार कोशी ब्यारेज भएर ६ लाख २८ हजार १ सय क्युसेक पानीको बहाव भइरहेको कोसी ब्यारेज नियन्त्रण कक्षले जनाएको छ ।  उच्च खतरा भने कायम नै रहेको छ र अझै ब्यारेजका सबै ५६ ढोका खुल्ला नै राखिएको छ भने  ब्यारेजको पुलमा सवारीसाधनको आवतजावत भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *