तरकारीको मूल्यमा मनलाग्दी

सेयर गर्नुहोस्

१३ असोज, काठमाडौं – बाढी पहिरोको विपत्तीको बीचमा व्यापारीहरुले तरकारीको मूल्य मनलाग्दी तोकेका छन् ।

कालिमाटीको तरकारी तथा फलफूलको थोक बजारमा अधिकांश तरकारीको मूल्य बढेको छ । त्यहाँको मूल्य सूचीअनुसार अघिल्लो दिनको तुलनामा लोकल गोलभेँडाको मूल्य आज झण्डै १४२ प्रतिशतले बढेको छ ।यसैगरी अरुभन्दा तुलनात्मक रुपमा सस्तो मानिने स्कुसको मूल्यमा पनि हिजोभन्दा आज २११ प्रतिशतले बढेको छ । स्कुसको मूल्य हिजो प्रतिकिलो १७.७६ रुपैयाँ भएकोमा आज ५५ रुपैयाँ छ ।लौका हिँजो ३५ रुपैयाँ प्रतिकेजीमा पाइने गरेकोमा आज ९५ रुपैयाँ पुगेको छ । लौकाको मूल्य हिजोको तुलनामा आज १७१.४३ प्रतिशतले बढेको छ ।

बाटो अवरुद्ध भएकाले नयाँ तरकारी उपत्यका बाहिरबाट राजधानी काठमाडौं आएको छैन । तर पहिलेदेखि त्यहीँ भएका तरकारीलाई मनलाग्दी मूल्य तोकिएको उपभोक्ताको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *