झ्याप्लेखोला पहिरोमा २८ शव फेला

सेयर गर्नुहोस्

१३ असोज,काठमाडौं- पृथ्वीराजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका–९ झ्याप्लेखोला पहिरोमा २८ शव फेला परेका छन्। अन्यको खोजी कार्य जारी छ। हालसम्म सानाठूला चारवटा यात्रुबाहक सवारी साधन र २८ जनाको शव फेला परेका हुन्। धादिङ र काठमाडौँको सीमाक्षेत्रमा पर्ने झ्याप्लेखोलामा शनिबार दुईवटा बसमा  १४ जनाको शव फेला परेका थिए भने आइतबार अहिलेसम्म थप दुई बस र १४ वटा शव फेला परेका हुन्। बस र शव निकाल्ने क्रम जारी छ। अहिलेसम्म यात्रुको संख्या तथा परिचय खुलिसकेको छैन। सोही स्थानमा गोरखाबाट गायव भएको भनिएको बससमेत भेटिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *