कैदी बन्दीलाई कारागारको छतमाथि राखियो

सेयर गर्नुहोस्

१३ असोज,काठमाडौं-रौतहटको सदरमुकाम गौर स्थित कारागारमा बाढी पसेपछि कैदी बन्दीलाई अन्यत्र व्यवस्थापन गरिएको छ। पुरुष कैदी बन्दीलाई कडा सुरक्षा घेराभित्र कारागारको छतमाथि राखिएको छ भने महिला कैदीबन्दीलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा सारिएको छ।

बागमती नदी र लालबकैया नदीको पानी आज बिहानैदेखि गौरमा पसेर डुबान भएको छ । कारागारभित्र तीन फिटसम्म पानी ताल परेको छ । कारागारमा बस्ने अवस्था नभएको कारण चौतर्फी प्रहरी राखेर पुरुष कैदी बन्दीलाई छतमा राखिएको सिडिओ हिरालाल रेग्मीले बताएका छन्। उनीहरूको खानाको व्यवस्थापन समेत कारागारको छत माथि नै भइरहेको छ।त्यस्तै १२ जना महिला कैदी लाई जिल्ला प्रहरी कार्यालय गौराको हिरासतमा राखिएको सिडिओ रेग्मीले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *