हवाई उडानमा अत्याधिक चाप

सेयर गर्नुहोस्

१३ असोज, काठमाडौं – मुलुकका मुख्य राजमार्गमा यातायात ठप्प हुँदा हवाई उडानमा अत्याधिक चाप देखिएको छ ।  भाडादर  अत्याधिक बढेको गुनासो आइरहेको छ।

वायुसेवा कम्पनीका अनुसार आज बिहानैबाट उडान नियमित भएको छ । तर, पछिल्लो तीन दिनयता उडान नियमित हुन नसकेका कारण नयाँ यात्रुले टिकट पाउनै मुस्किल देखिएको छ ।झापा लगायत गन्तव्यबाट विदेश जानुपर्ने यात्रुले जहाज चार्टर्डको समेत माग गरेको वायुसेवा कम्पनीले जनाएका छन् । बुद्ध एयरका अनुसार आज सबै विमानस्थलमा नियमित उडान भइरहेको छ । यसअघि टिकट काटेका बाहेक अतिरिक्त टिकट व्यवस्थापनमा समस्या छ । काठमाडौं जोड्ने सबै राजमार्ग अवरुद्ध छन् । यसको असर हवाई उडानमा देखिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *