नेपाली कांग्रेसको सय दिने अभियान स्थगन

सेयर गर्नुहोस्

१३ असोज,काठमाडौं- प्रमुख सत्तारुढ नेपाली कांग्रेसले पार्टीको सय दिने अभियान स्थगन गरेको छ ।

आइतबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समिति बैठकले अभियान स्थगित गर्ने निर्णय लिएको प्रवक्ता डा. प्रकाश शरण महतले जानकरी दिए ।प्रवक्ता डा. महतले कोजाग्रत पूर्णिमासम्मलाई सय दिने अभियान स्थगित गरिएको जानकारी दिए । कांग्रेसले हरेक कोजाग्रत पूर्णिमामा गर्दै आएको चियापान कार्यक्रम पनि यस पटक नगर्ने निर्णय गरेको महतले बताए ।

उनले सम्पूर्ण पार्टी पंक्तिलाई बाढी पहिरोबाट पीडित जनताको उद्धार र राहतमा केन्द्रित गराउने निर्णय गरेको पनि जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *