राहतमा सहयोग पुर्‍याउन ५० लाख रुपैयाँ सहयोग गर्ने कांग्रेसको निर्णय

सेयर गर्नुहोस्

१३ असोज,काठमाडौं-सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा आइतबार विहान बसेको कार्यसम्पादन समितिको बैठकमा सरकारको कमजोरी बारे चर्चा भएको छ ।बैठकमा बाढी, पहिरो र डुवानको समस्यामा सरकारको काममाथि प्रश्न उठेको छ ।निरन्तर वर्षाले पुर्‍याएको क्षति कम गर्न सरकार चुकेको नेताहरुले प्रश्न गरेपछि कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह र गृहमन्त्री रमेश लेखकले प्रष्टीकरण दिएका थिए ।

‘बैठकमा कार्यसम्पादन सदस्यले प्रश्न उठाएपछि कार्यबाहक प्रधानमन्त्री र गृहमन्त्रीले स्पष्टीकरण दिनुभएको छ’, बैठकमा सहभागी नेताले भने । नेताहरुले उद्दार समयमा किन नभएको, वर्षा भइरहँदा रातिमा चलाउन रोक लगाउनुपर्नेमा किन जान किन दिएको, वर्षाकोे पूर्व अनुमान हुँदा पनि किन पूर्वतयारी नगरेको जस्ता प्रश्न गरेका थिए ।ठकले पार्टी पङ्तिलाई उद्दार र राहतमा सक्रिय हुन निर्देशन दिएको छ । प्रवक्ता डा. प्रकाशशरण महतले राहतमा सहयोग पुर्‍याउन ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरिएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *