काठमाडौंबाट छुट्न थाले लामो दुरीका सवारी साधनहरूः

सेयर गर्नुहोस्

१४ असोज काठमाडौं-काठमाडौंबाट लामो दुरीका सवारी साधनहरू छुट्न थालेका छन्।  काठमाडौंबाट बाहिरिने विभिन्न  नाकाबाट लामो दुरीका बसहरू छुट्न थालेका हुन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार सोमबार दिउँसोदेखि सवारी साधन आवतजावत हुन थालेको हो।

काठमाडौंमा मात्रै १८०० गाडी भित्रिसकेको उनले जानकारी दिए। यस्तै बाहिरिने क्रम पनि जारी नै रहेको उनले बताए।

धादिङको झ्याप्ले खोलामा शनिबार राति गएको पहिरोले सडक अवरूद्ध थियो। पहिरो आउनसक्ने पूर्वानुमानपछि रातिको समयमा लामो दुरीको यात्रा गर्न पनि रोक लगाइएको थियो।झ्याप्ले खोलामा पहिरो पन्छ्याएसँगै सडक सञ्चालनमा आउन थालेको हो।मालबाहक ट्रक लगायतहरू पनि बाहिरिने छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *