विधुत अवरुद्ध हुँदा ताप्लेजुङ लगायतका सुदुर पुर्वी जिल्लामा सञ्चार ठप्प

सेयर गर्नुहोस्

१४ असोज,काठमाडौं‍-विधुत अवरुद्ध हुँदा ताप्लेजुङ,पाँचथर लगायतका  पुर्वी पहाडका जिल्ला सञ्चार विहिन बनेका छन ।  पहिरोले काबेली करिडोर विद्युत् प्रसारण लाइनमा क्षति गरेपछि पूर्वी पहाडका तीन जिल्लामा  गत शनिबार देखि विद्युत् सेवा अवरुद्ध भएको  थियो ।

पहिरोले काबेली करिडोर १३२ केभी प्रसारण लाइनको इलामको महामाईमा रहेको ५१ नम्बरको टाबर ढलेको  पछि  इलाम, पाँचथर र ताप्लेजुङमा विद्युत् सेवा अवरुद्ध भएको हो । यसैबीच, नेपाल विद्युत् प्राधिकरणले वैकल्पिक माध्यमबाट बत्ती बाल्ने प्रयास जारी रहेको जनाए पनि हालसम्म विधुत प्रसारण हुन सकेको छैन । विधुत अवरुद्ध हुँदा नेटवर्कमा समस्या र चार्ज गर्ने वैकल्पिक माध्यमको अभावमा  सञ्चार  ठप्प भएको छ।  विधुत र इन्टरनेट नहुँदा  सामाजिक सुरक्षा भत्ता  वितरण लगायतका  कार्य गर्न नसकिएको सरकारी अधिकारीहरु बताउछन।

काबेली करिडोर १३२ केभी प्रसारण लाइन निर्माण भएपछि पूर्वी पहाडमा उत्पादित विद्युतलाई राष्ट्रिय प्रसारणमा जोड्ने तथा यी क्षेत्रमा विद्युत् सेवा वितरणको कार्य सोही करिडोरको माध्यमबाट हुँदै आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *