किताब जात्रा’को नयाँ दिल्ली चौथो संस्करण सफलतापुर्वक हौजखासस्थित पीएचडी हाउसमा सम्पन्न

सेयर गर्नुहोस्

१४ असोज, काठमाडौं – ‘किताब जात्रा’को नयाँ दिल्ली चौथो संस्करण सफलतापुर्वक सम्पन्न भएको छ ।पठन संस्कृतिलाई प्रवर्द्धन गर्न सुरु गरिएको किताब जात्रा महोत्सवको चौथो संस्करणमा भारतका लागि नेपाली कार्यवाहक राजदूत डा. सुरेन्द्र थापा प्रमुख अतिथि थिए । दिल्लीको हौजखासस्थित पीएचडी हाउसमा भएको किताब जात्रामा यस वर्ष पनि रोचक सत्रहरुमा साहित्य,नेपाल-भारत सम्बन्ध लगायतका विषयमा छलफल गरियो ।

समारोहमा क्याप्टेन रामेश्वर थापाद्वारा लिखित पुस्तक ‘इन टू द फायर’को अन्तर्राष्ट्रिय रुपमा लोकार्पण गरिएको थियो । समारोहका क्रममा एक सत्र यस पुस्तक बारेको चर्चा समेत रहेको थियो ।किताब जात्राले पठन संस्कृति बसाल्न निरन्तर प्रयास गर्दै  आईरहेको  किताब जात्राका फेस्टिभल निर्देशक ऋषिराम अधिकारीले बताए ।

नेपालमा किताब जात्राको छैटौं  संस्करण गत साउन १८ र १९ गते  सम्पन्न  भएको थियो । साहित्यको उत्सवका रुपमा पठन संस्कृतिको विकासका लागि हरेक वर्ष किताब जात्रा आयोजना हुने साथै  ‘किताब जात्रा’आफ्नो र आफ्ना बुवाको साहित्यिक मोहको उपज पनि रहेको  फेस्टिभल निर्देशक अधिकारी बताउछन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *