ग्रिजम्यानले अन्तर्राष्ट्रिय फुटबलबाट सन्याषको घोषणा

सेयर गर्नुहोस्

१५ असोज,काठमाडौं – ३३ वर्षीयफ्रान्सेली फुटबलर एन्टेनियो ग्रिजम्यानले अन्तर्राष्ट्रिय फुटबलबाट सन्याषको घोषणा गरेका छन्। मस्कोमा भएको फाइनल खेलमा क्रोएसियालाई ४-२ ले हराउँदै फ्रान्सले सन् २०१८ को विश्वकप फुटबलको उपाधि जितेको थियो। त्यो खेलमा पेनाल्टीमा गरेको गोलसहित फ्रान्सका लागि खेलिएका १३७ खेलमा  उनले ४४ गोल गरेका ।

उनी सन् २०२१ को नेसन्स लिग विजेता फ्रान्सेली टोलीका सदस्य हुन्। एट्लेटिको म्याड्रिडका खेलाडी उनले फ्रान्सेली राष्ट्रिय टोलीमा रहेर बिताएका हरेक क्षणले आफूलाई गौरवान्वित बनाउने बताए।उनले फ्रान्सको राष्ट्रिय टोलीको जर्सी भिर्न पाउनु नै सबै भन्दा महत्त्वपूर्ण भएको समेत बताए।गएको नेसन्स लिगमा फ्रान्स इटालीसँग ३–१ ले पराजित भएको थियो। त्यसको तीन दिनपछि बेल्जियमसँग भएको खेलमा फ्रान्स २–० ले विजयी भएको थियो। सो खेलमा ग्रिजम्यान वैकल्पिक खेलाडीको रूपमा मैदानमा प्रवेश गरेका थिए।

सन् २०१४ मा फ्रान्सेली राष्ट्रिय टोलीमा प्रवेश गरेका ग्रिजम्यान त्यसयता टोलीका महत्त्वपूर्ण खेलाडीकै रूपमा आफूलाई प्रस्तुत गर्न सफल भए।सन् २०१६ को युरो कपमा उनी ६ गोल गर्दै शीर्ष गोलकर्ता बनेका थिए। सो युरो कपको फाइनलमा पोर्चुगलसँग पराजित हुँदै फ्रान्स उपविजनतामा सीमित भएको थियो। सन् २०२२ को विश्वकप फाइनलमा पनि ग्रिजम्यान खेलेका थिए। नियमित समय ३–३ गोलको बराबरीमा सकिएपछि टाई ब्रेकरमा अर्जेन्टिनासँग पराजित भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *