प्रसाईंलाई धरौटीमा छाड्न आदेश

सेयर गर्नुहोस्

१५ असोज,काठमाडौं ‍-  काठमाडौं जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न आदेश दिएको छ।

मंगलबार न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले दुई वटा मुद्दामा ५०-५० हजार गरी जम्मा एक लाख धरौटीमा छाड्न आदेश दिएको  छ।प्रसाई  विरूद्ध विद्युतीय कारोबार ऐन, २०६३ अनुसार दुई वटा जाहेरी परेको थियो।उक्त जाहेरी परेसँगै साइबर ब्युरोले प्रसाईंलाई असोज ६ गते भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *