अधिकतम हवाई भाडा नलिन वायुसेवा कम्पनीहरू सहमत

सेयर गर्नुहोस्

१५ असोज,काठमाडौं-सडक सञ्जााल सञ्चालनमा नआएसम्म सरकारले तोकेको अधिकतम हवाई भाडा नलिन वायुसेवा कम्पनीहरू सहमत भएका छन्।संस्कृति, पर्यटन तथा नागरिक उड्डन

मन्त्री पाण्डेको निर्देशनअनुसार वायुसेवा सञ्चालक समितिले असोज १३ गते जारी गरिएको प्रेस विज्ञप्तिलाई कडाईका साथ कार्यान्वयन गर्ने र सडक सञ्जालन सञ्चालनमा नआएसम्म महँगो भाडादरमा टिकट बिक्री नगर्ने भएका हुन्। यसअघि तीन दिनका लागि मात्र कम भाडादरमा टिकट बिक्री गर्न सहमत भएका हवाई कम्पनीहरूले अहिले सडक यातायात पूर्ण रूपमा सञ्चालन नभएसम्म कम भाडादरमै टिकट बिक्री गर्ने भएका हुन्।

वायु सेवा सञ्चालक समितिले प्रेस विज्ञप्ति जारी गर्दै बाढी पहिरो पश्चात सडक सञ्जाल समेत सञ्चालनमा नआउँदासम्म सरकारले तोके बमोजिम लिँदै आएको उच्चतम भाडादरमा हवाइ टिकट नबेच्न निर्देशन दिएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *