अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनमा आज पनि झडप

सेयर गर्नुहोस्

१६ असोज, काठमाडौं-अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलन बन्द सत्र बस्दै नबसी बिहीबारका लागि सारिएपछि आक्रोशित प्रतिनिधिहरुले सम्मेलन हलमा कुर्सि  तोडफोड गरेका छन ।कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा १० असोजदेखि सुरु भएको सम्मेलनको बन्दसत्र उमेर हद कायम गर्ने कि नगर्ने भन्ने विवादले प्रभावित बनेको छ ।

बिहीबार बिहान १० बजेदेखि बन्द सत्र सुरु हुने सूचना अध्यक्ष मण्डलले जारी गरेपछि आक्रोशित प्रतिनिधिहरुले कुर्सी फालेर विरोध जनाएको सम्मेलनमा सहभागीले जानकारी गराए ।विवाद समाधान गरेर भोलि उमेर हदका लागि मतदान हुने  जानकारी गराइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *