दिपेन्द्र सिंह ऐरी टी२० आई अलराउण्डरको वरीयतातर्फ दोस्रो स्थानमा

सेयर गर्नुहोस्

१६ असोज, काठमाडौं -नेपालका अलराउण्डर दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी२० आई अलराउण्डरको वरीयतातर्फ दोस्रो स्थानमा परेका छन् ।नेपालको क्रिकेट इतिहासमा कुनै पनि वरीयता शीर्ष दुईमा पर्ने उनी पहिलो खेलाडी हुन् । आईसीसीले जारी गरेको वरीयतामा दीपेन्द्रले चार स्थान सुधार गर्दै दोस्रो स्थानमा उक्लिएका छन् ।

अलराउण्डरतर्फ टी२० आईमा शीर्षस्थानमा इंग्ल्यान्डका लियाम लिभिङस्टोन छन् । लिभिङस्टोनको रेटिङ २५३ र दीपेन्द्रको २३० छ । रेटिङ हरेक खेलको प्रदर्शन अनुसार परिवर्तन हुने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *