नेपाल विद्यार्थी संघ लगायतका पार्टीका भ्रातृ संस्थाहरू महाधिवेशन गराउन निर्देशन समिति गठन

सेयर गर्नुहोस्

नेपाली कांग्रेसले पार्टीका भ्रातृ संस्थाहरू नेपाल विद्यार्थी संघ, नेपाल तरूण दल र नेपाल महिला संघको महाधिवेशन गराउन निर्देशन समिति गठन गरेको छ। सभापति शेरबहादुर देउवाले बुधबार महाधिवेशन केन्द्रीय निर्देशन समिति गठन गरेका हुन्।

केन्द्रीय कार्यसमितिको गत साउन २३ को निर्णयअनुसार भ्रातृ संस्थाहरूको महाधिवेशन २०८१ चैत्र मसान्सम्ममा अनिवार्य रूपमा सम्पन्न गर्न निर्देशन समिति गठन गरिएको हो।विद्यमान तदर्थ समितिलाई समन्वय र सहयोग गर्दै आवश्यक निर्देशन समेत गर्न सभापति देउवाले विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोेजिम भ्रातृ संस्थाहरूको “महाधिवेशन केन्द्रीय निर्देशन समिति” गठन गरेको ।

नेपाल विद्यार्थी संघको महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजकमा सहमहामन्त्री किशोर सिंह राठौर छन् भने सदस्यहरूमा केन्द्रीय सदस्य राजिव ढुंगाना र केन्द्रीय सदस्य प्रतिमा गौतम छन्।

नेपाल तरुण दल महाधिवेशन केन्द्रीय निर्देशन समिति संयोजकमा सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ छिन् भने सदस्यहरूमा केन्द्रीय सदस्य सरिता प्रसाई र केन्द्रीय सदस्य जीतजंग बस्नेत छन्।यस्तै नेपाल महिला संघ महाधिवेशन केन्द्रीय निर्देशन समिति सं‌योजकमा सहमहामन्त्री उमाकान्त चौधरी र सदस्यहरूमा केन्द्रीय सदस्य पुष्पा भुसाल र केन्द्रीय सदस्य रुक्मिणी कोइराला छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *