हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

सेयर गर्नुहोस्

१७ असोज, काठमाडौं- हात्तीको आक्रमणबाट दक्षिण झापाको हल्दिबारी गाउँपालिका–३ का वाङ्दी गुरुङको मृत्यु भएको छ ।

स्थानीय रणकाली सामुदायिक वनबाट घाँस काटेर घर फर्किने क्रममा ६५ वर्षीय गुरुङलाई हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।जङ्गली हात्तीले लछारपछार पारी कुल्चिँदा गुरुङको मृत्यु भएको हो । मृतकको शव परिवारलाई बुझाउन कानुनी प्रक्रिया भइरहेको छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *