“विपदमा परी घाइते भएकाहरूलाई सरकारले निःशुल्क उपचार गर्छ”-मन्त्री पौडेल

सेयर गर्नुहोस्

१७ असोज,काठमाडौं -स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले विपदमा परी घाइते भएकाहरूलाई सरकारले निःशुल्क उपचार गरिरहेको बताएका छन्।

राष्ट्रिय ट्रमा सेन्टरमा बिरामीहरूको अवस्थाबारे जानकारी लिन पुगेका मन्त्री पौडेलले विपदमा परेका नागरिकलाई निःशुल्क उपचार गरिने बताए। विपदबाट घाइते भएका बिरामीहरूको सरकारी अस्पतालहरूमा निःशुल्क उपचार जारी रहेको पनि उनले बताए। घाइते भएर उपचार नपाएका नागरिकहरूले पनि सरकारी अस्पतालमा पुगेर उपचार गराउन सक्ने उनले बताएका छन्।‘विपदमा परेर घाइते भएकाहरूलाई सरकारी अस्पतालले नि:शुल्क उपचार गराइरहेको छ,’ उनले भने, ‘ निजी अस्पतालाहरूलाई पनि विपदमा परेका, सहायता गर्नुपर्ने सबैलाई उपचारमा सहयोग गर्न भनेका छौं।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *