तीन लाख ६३ हजार एक सय ६४ जनाले छोडे काठमाडौं उपत्यका छोडे

सेयर गर्नुहोस्

२० असोज काठमाडौं- पछिल्लो पाँच दिनमा तीन लाख ६३ हजार एक सय ६४ जनाले काठमाडौं उपत्यका छोडेका छन्।उनीहरू दसैं मनाउन गाउँ फर्केका हुन्।

गत साताको वर्षाले त्रिभुवन राजपथ लगायतमा खसेका पहिरो हटाइएको थियो। बाढीपहिरोले बिगारेका सडक मर्मत गरेसँगै काठमाडौंबाट बाहिरिनेको संख्या पनि बढेको छ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयकाले उपत्यका छाड्ने मानिसहरूको संख्या बढ्दो रहेको जनाएको छ। तर विगतका वर्षहरूमा भन्दा यसपालि कम मानिस उपत्यका छाडेको देखिएको छ ।

गत वर्ष सोही अवधिमा ८/१० लाख जनाले उपत्यका छोडिसक्थे। यसवर्ष बाढीपहिरोले जताजतै सडक अवरोध भइरहर वर्षा हुने भनिएकाले उपत्यका बाहिरिनेको संख्या कम छ। केही दिनमा उपत्यका छाड्नेको संख्या थप बढ्नेछ।’प्राय फूलपातीको दिन र अघिल्लो दिनमा बाहिरिने संख्या बढ्ने गरेको छ,’ डिएसपी कार्कीले भने।अझैपनि कतिपय सडक पहिरोलगायतले अवरूद्ध छ। सुख्खा पहिरो खसेका छन्। पानी पर्ने सम्भावनाका पूर्वानुमान भइरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *