प्रकाशमानसिंह राउत प्रधानन्यायाधीशमा नियुक्त

सेयर गर्नुहोस्

२० असोज,काठमाडौं- कायममुकायम प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत प्रधानन्यायाधीशमा नियुक्त भएका छन्।संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आज आइतबार राउतलाई प्रधानन्यायाधीश नियुक्त गरेका हुन्।

राउतले आजै पद तथा गोपनीयताको शपथ लिनेछन्। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ असोज १८ बाट अवकाशमा जाने भएपछि संवैधानिक परिषद्को गत भदौ ३१ गतेको बैठकले राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो।

संसदीय सुनुवाइ समितिले १६ असोजमा राउतको नाम अनुमोदन गरेपछि उनलाई प्रधानन्यायाधीश नियुक्त गर्न लागिएको हो।स्रोतका अनुसार राउतले आजै दिउँसो १ बजे पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *