५६.०९ अंकले बढ्यो नेप्से

सेयर गर्नुहोस्

२० असोज,काठमाडौं- आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५६.०९ अंकले बढेको छ । आज नेप्से २.१५ प्रतिशतले बढेर २६५३.५८ विन्दुमा पुगे पछि शेयर बजारमा पुनः रौनक फर्किएको छ

आज शेयर बजारमा बेच्नेले मात्र दशैं अगाडि पैसा पाउने दिन भएकाले पनि आज शेयर बजार पनि बढेको छ । आज ६ अर्ब १३ करोड ८२ लाख ६ हजार रुपैयाँ बराबरको १ करोड ५० लाख ४६ हजार ७१० कित्ता शेयर किनबेच भएको छ ।

आज २१९ वटा कपनीको शेयर मूल्य बढेको छ भने २३ वटा कम्पनीको शेयर मूल्य घटेको छ । आज २ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

आइतबार प्रि–ओपन सेसनमा झिनो अंकले बढेर सुरु भएको बजार निरन्तर उकालो लगेको थियो । बजार खुलेको केही समय नेप्सेमा रातो देखिएको भए पनि त्यसपछि भने निरन्तर हरियाली नै छाएको थियो । अन्तमा बजार बन्द हुँदा भने नेप्से ५६ अंकले बढ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *