सात दिन कैद बसेर रिहा भएः सिधा कुराका पत्रकारहरु

सेयर गर्नुहोस्

२० असोज, काठमाडौं – सर्वोच्च अदालतमा उपस्थित भएर प्रकाशित समाचारबारे क्षमायाचना गर्नुका साथै आगामी दिनमा अदालतको अवहेलना नगर्ने प्रतिवद्धता गरेपछि सिधा कुरा अनलाइनका प्रकाश युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगाना आइतबार कैदमुक्त भएका छन् ।

जगन्नाथ देवल(केन्द्रीय कारागार) प्रशासनले सर्वोच्च अदालतको पत्रको आधारमा दुवैजनालाई आइतबार कैदमुक्त गरेको हो । १३ असोजमा कारागार गएका उनीहरु बीचमा सर्वोच्चमा उपस्थित भएर लिखित प्रतिवद्धता जनाएका थिए ।

तत्कालिन प्रधानन्यायाधीशसहित सर्वोच्च अदालतका केही न्यायाधीशहरु केही मिडिया सञ्चालकहरुसँग मिलेर घुससम्बन्धी मुद्दा प्रभावित पारेको भनी सिधाकुराले समाचार र अडियो रेकर्ड सार्वजनिक गरेको थियो ।

सर्वोच्च अदालतको ९ सदस्यीय बृहत पूर्ण इजलासले उनीहरुलाई अदालतको अवहेलनाको आरोपमा दोषी ठहर गर्दै तीन महिनाका दरले कैद सजाय तोकेको थियो ।सर्वोच्चले अवहेलना ठहरिएको समाचारप्रति क्षमायाचना गरी आइन्दा अवहेलनाजन्य काम नगर्ने प्रतिवद्धता जनाएमा सात दिन कैद बसेर बाँकी अवधि निलम्बन गर्नु भनी आदेश गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *