कोशी प्रदेशमा ४ अर्ब ६३ करोड रुपैयाँ बराबरको भौतिक संरचनामा क्षति

सेयर गर्नुहोस्

२० असोज काठमाडौं– भौतिक पूर्वाधार विकास मन्त्रालय कोशी प्रदेशले गएको असोज ११ देखि १२ गतेको वर्षाबाट प्रदेशमा ४ अर्ब ६३ करोड रुपैयाँ बराबरको भौतिक संरचनामा क्षति पुगेको जनाएको छ।

आइतबार विराटनगरस्थित मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री भूपेन्द्र राईले अविरल वर्षाका कारण कोशी प्रदेशका विभिन्न जिल्लाका सडक, पुल तथा झोलुङ्गे पुलका संरचनामा क्षति पुगेको जानकारी दिए।वर्षापछि गएको पहिरो र बाढीले पहाडी जिल्लाका सडक र पुल पुलेसामा बढी क्षति भएको जनाउँदै मन्त्री राईले कुल ४ अर्ब ६३ करोड ५० लाख रुपैयाँको क्षति पुगेको जानकारी दिए।उनले भने, ‘विपद्ले कोशी प्रदेशलाई बढी क्षति पुर्‍याएको छ। विशेषगरी पहाडी क्षेत्रका सडक पुलमा असर परेको छ। प्रदेश सरकारले क्षति पुगेका स्थानमा तत्काल सेवा उपलब्ध गराउन काम अघि बढाउने र पूर्ण क्षति भएको स्थानमा आवश्यक छलफल गरी काम सुरु गर्ने तयारीमा रहेका छौँ।’

मन्त्रालयका अनुसार वर्षाबाट करिब ४ अर्ब ६३ करोड ५० लाख रुपैयाँ बराबरको भौतिक संरचनामा पूर्ण क्षति पुगेको छ। मन्त्री राईले भने, ‘आंशिक क्षति १ अर्ब २ करोड ५० लाखको भएको छ। तर बढी चाहिँ ३ अर्ब ४३ करोड बराबरको संरचनामा भने पूर्णरुपमा क्षति पुगेको छ।’पहाडी क्षेत्रमा रहेका १५ वटा सडक पुल, १७ वटा झोलुङ्गे पुलमा आंशिक क्षति पुगेको उनले जानकारी दिए। त्यसैगरी वर्षाका कारण २ वटा सडक पुल र ८ वटा झोलुङ्गे पुलमा भने पूर्ण क्षति पुगेको छ।

प्रदेशमा ४१ वटा सडकमा पूर्ण रुपमा क्षति पुगेको जनाउँदै उनले ६० वटा सडकमा आंशिक क्षति पुगेको उल्लेख गरे। खोटाङमा २३ वटा सडकमा आंशिक क्षति पुगेको जनाउँदै उनले ८ वटा झोलुङ्गे पुलमा आंशिक क्षति पुगेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *