सिंहदरबारअगाडि कालो झण्डा देखाउँदै प्रदर्शन गर्ने ६ जना पक्राउ

सेयर गर्नुहोस्

२० असोज,काठमाडाैँ – सिंहदरबारअगाडि कालो झण्डा देखाउँदै प्रदर्शन गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

मोहन वैद्य किरण नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का कार्यकर्ताहरुले सिंहदरबारको दक्षिण गेटअगाडि बाढीपहिरो पीडितलाई सरकारले तत्काल राहत दिनुपर्ने र पुनस्थापना गर्नुपर्ने भन्दै कालो झण्डा देखाएर प्रदर्शन गरेका थिए।

पक्राउ पर्नेमा पार्टीका सह-संयोजक हरिकृष्ण गजुरेल भाष्कर, कार्यालय सदस्य सुनिता प्रकाश, अर्जुन, मोहन र अरुण रहेका छन्।

उनीहरुले ‘बाढी पहिरो पीडितलाई तत्काल राहतको व्यवस्था गर! आवतजावत सहज गर! हवाई भाडा नियन्त्रण गर! आकाशिदो महँगी र मूल्यवृद्धि नियन्त्रण गर’लगायतका  नारा लगाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *