पहिलो द्विपक्षीय भ्रमणका लागि माल्दिभ्सका राष्ट्रपति भारत प्रस्थान

सेयर गर्नुहोस्

२० असोज काठमाडौं– माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु आइतबार प्रथम महिला साजिदा मोहम्मदसँग भारतको राजकीय भ्रमणका लागि प्रस्थान गरेको माल्दिभ्सको राष्ट्रपति कार्यालयले जनाएको छ । यो मुइज्जुको भारतको पहिलो द्विपक्षीय भ्रमण हो ।

‘राष्ट्रपति डा. एम. मुइज्जु र प्रथम महिला साजिदा मोहम्मद गणतन्त्र भारतको राजकीय भ्रमणका लागि प्रस्थान गर्नुभयो’, माल्दिभ्सको राष्ट्रपति कार्यालयले सामाजिक सञ्जाल एक्समा भनेको छ, ‘भारतका राष्ट्रपति द्रौपदी मुर्मूको निमन्त्रणामा यो भ्रमण भएको हो र यो राष्ट्रपति मुइज्जुको भारतको पहिलो द्विपक्षीय भ्रमण हो ।’

हालै न्युयोर्कमा भएको ७९औँ संयुक्त राष्ट्रसङ्घीय महासभाको साइडलाइनमा मुइज्जुले जतिसक्दो चाँडो भारत भ्रमण गर्ने योजना बनाइरहेको बताएका थिए । उनले दुई मुलुकबीच ‘धेरै बलियो’ द्विपक्षीय सम्बन्धको समेत प्रशंसा गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *