नेपाली कांग्रेसद्धारा दैवी प्रकोप उद्धार कोषका लागि ५० लाख हस्तान्तरण

सेयर गर्नुहोस्

२० असोज,काठमाडौँ –  नेपाली कांग्रेसले प्रधानमन्त्री प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि आज रु ५० लाख हस्तान्तरण गरेको छ । आइतबार कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासहितको टोलीले हालैको प्राकृतिक विपद्पछिको अवस्थामा तत्काल र दीर्घकालीन रुपमा गर्नुपर्ने कामबारे सुझावसहित कोषलाई ५० लाख हस्तान्तरण गरेको हो । कांग्रेसले सो रकममा पार्टीका सांसदहरुको आधा महिनाको पारिश्रमिकसमेत राखेको बताएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री ओलीलाई भेटेर सभापति देउवाले ३४ बुँदे सुझावपत्र तथा चेक हस्तान्तरण गरेका छन् ।  सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसले प्राकृतिक विपत्तिको सामना गर्न सबै पक्षले एकताबद्ध भएर सामना गर्नुपर्ने मुख्य भावनासहित दिएका सुझाव मननीय भएको बताए । उनले विपदले कुनै जात, उमेर र धर्म नभनी सबैलाई सङ्कटमा पार्ने भएकाले साझा दायित्व सम्झिएर यसको सामना मिलेर गर्ने कार्यमा सरकारले अगुवाइ (लिड) गर्ने विश्वास दिलाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *