स्थानीय तहको उप निर्वाचनमा भाग लिन २५ दल दर्ता

सेयर गर्नुहोस्

२० असोज काठमाडौं – मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको उप निर्वाचनमा  भाग लिन २५ दल दर्ता भएका छन् ।२०७९ को स्थानीय तह निर्वाचनमा सहभागी नभएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपनिर्वाचनमा  सहभागी हुन दल दर्ता गराएको हो ।

आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाका अनुसार दल दर्ता सूचीअनुसार पहिलो नम्बरमा नेपाल मजदुर किसान पार्टी छ भने  अन्तिममा नेपाली जनता दल रहेको छ । निर्वाचन आयोगले आईतबार  प्रेस विज्ञप्ति जारी गर्दै २५ दल दर्ता भएको जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *