ट्रकमा आगजनी गर्ने विरुद्ध कर्तव्य ज्यान मुद्दा

सेयर गर्नुहोस्

२२ असोज काठमाडौं- बीएण्डसी अस्पतालका संचालक दुर्गा प्रसाईका ८ जना समर्थकहरूमाथि कर्तव्य ज्यानको मुद्दा मा कानुनी कारवाही अगाडि बढाइएको छ।बीएन्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईं पक्राउको विरोध गर्दै उनका समर्थकले गत असोज ६ गते झापामा ट्रकमा आगजनी गरेका थिए । उक्त  भारतीय ट्रकका चालकको  उपचारका क्रममा  मृत्यु भए  पछि कर्तव्य ज्यानमा समेत थप प्रक्रिया कारवाही अगाडी बढाई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 

जिल्ला अदालत झापाबाट आपराधिक उपद्रव र ज्यान मार्ने उद्योगमा म्याद थप लिई अनुसन्धान भइरहेकोमा भारतमा उपचारार्थ ट्रक चालक पोदो रायको असोज १९ गते मृत्यु भएपछि सो सम्बन्धमा कानुन बमोजिम कर्तव्य ज्यानमा समेत थप कारवाही अगाडी बढाइएको छ।

मोटरसाइकलमा आएका दुर्गाका समर्थकहरुले ट्रक चालकलाई मार्ने उद्देश्यले प्लाष्टिकको बोतलमा बोकेको पेट्रोलमा आगो लगाएर (पेट्रोल बम) ट्रकको क्याबिनमा प्रहार गरी आगजनी गरेका थिए।ट्रक चालक कुमार महतो घाइते भइ भाग्न सफल भएका थिए भने अर्का ट्रक चालक पोदो राय जलेर गम्भीर घाइते भएका थिए।

रायलाई बीएण्डसी अस्पतालमा उपचार गरी थप उपचारको लागि भारतको सिलिगुडीस्थित नर्थ बंगाल मेडिकल कलेज एण्ड हस्पिटल लगिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *