आजदेखि मेलम्चीको पानी काठमाडौं आउने

सेयर गर्नुहोस्

२२ असोज, काठमाडौं – मेलम्चीको पानी आजदेखि काठमाडौं आउने भएको छ । आज २ बजे सुन्दरीजलबाट ‘स्विच अन’ गरेर पानी छाड्ने खानेपानीमन्त्री प्रदिप यादवले बताए ।

मन्त्री यादवका अनुसार आजदेखि पानी ‘फुलेफ्लेज’ मा दैनिक १७ करोड लिटर छाडिने छ ।११ असारदेखि मेलम्ची पानी काठमाडौं पथान्तरण गर्न बन्द गरिएको थियो । अत्यधिक वर्षा भएपछि पानी पथान्तरण बन्द गरिएको थियो । असार दोस्रो साता अविरल वर्षापछि मेलम्ची नदीमा बाढी आएको थियो ।

आन्दोलनरत मेलम्ची संघर्ष समितिसँग वार्ता गर्न खानेपानीमन्त्री यादव सहित टोली सोमबार मेलम्ची पुगेको थियो ।सरकार र मेलम्ची बाढी पीडित संघर्ष समितिबीच सोमाबर सहमति भएको थियो  । हेलम्बु गाउँपालिका मेलम्चीमा भएको वार्तामा संघर्ष समितिका जायज माग सम्बोधन गर्ने सहमति भए पछि योसँगै आन्दोलनका सबै कार्यक्रम स्थगित भएको र  मेलम्चीको  पानी आजदेखि काठमाडौं आउने भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *