तल्लो तहमा भ्रम नफैलाउन सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्ण प्रसाद जैसीको भिम रावललाई चेतावनी

सेयर गर्नुहोस्

२२ असोज,काठमाडौं‍-नेकपा एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्ण प्रसाद जैसीले नेता रावललाई तल्लो तहमा भ्रम नफैलाउन चेतावनी दिएका छन्।

 गत साेमबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष जैसीले निवर्तमान उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री रावलले लेनिनवादी सङ्गठनात्मक सिद्धान्तसँग मेल नखाने गरी अनावश्यक रूपमा सामाजिक सञ्जालमा अन्तर्विरोध चर्काउने गरी लेखिएको विषयप्रति पार्टी प्रदेश कमिटीको गम्भीर ध्यानाकर्षण भएको जनाए।

‘पार्टी केन्द्रीय अध्यक्षसँग एक पटक संवाद भइसकेपछि निरन्तरता दिनुपर्नेमा बोलाएपछि मात्र जान्छु भन्ने र अन्य नेतृत्वसँग आफ्नो व्यक्तिगत केही छैन भनिसकेपछि सामाजिक सञ्जालमा लेखिरहने प्रवृत्ति पार्टीको लागि घातक हुने भएकाले केन्द्रीय अध्यक्षसँगै वार्ता अगाडि बढाउन तथा तल्ला कमिटी तथा पार्टीका कार्यकर्ता र शुभेच्छुकको बीचमा भ्रम नछर्न चेतावनी दिएका  हुन् ।

केही समय पहिले एमाले केन्द्रीय सचिव तथा सुदूरपश्चिम इञ्चार्ज लेखराज भट्टले दिएको अभिव्यक्तिबारे रावलले सामाजिक सञ्जालमै खण्डन गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *