निर्वाचन आयोगले वार्षिक प्रतिवेदन राष्ट्रपतिलाई बुझायो

सेयर गर्नुहोस्

२२असोज, काठमाडौं-निर्वाचन आयोगले आर्थिक वर्ष ८०/८१ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको छ ।

मंगलबार राष्ट्रपति भवन शीतल निवासमा निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले राष्ट्रपति पौडेलसमक्ष पेश गरेका हुन् ।प्रतिवेदनमा मतदाता अध्यावधिकको विषय, इभोटिङको विषय, निर्वाचनमा महिला सहभागिता र लैंगिक तथा समावेशीताको विषय समेटिएका छन् । संवैधानिक निकायले प्रत्येक वर्ष  बार्षिक प्रतिवेदन राष्ट्रपति  समक्ष बुझाउनु पर्ने व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *